नगेन्द्र राई धनकुटा, बैशाख १५ गते । शहिद भीमनारायण श्रेष्ठ अन्र्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको १२औ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा बैशाख १८ गते देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, भारत र भुटानको क्लबको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । आयोजक समितिले जानकारी दिएअनुसार ए डिभिजन क्लबहरु रमपम झापा, ब्वाईज युनियन, एपिएफ, राउत कन्ट्रक्सन मोरङ रहेका छन् । त्यस्तै भारतको सेरे क्लब कालिम्पोङ, भुटानको विआरसी क्लब, सुनसरीको गोधुली क्लब र आयोजक धनकुटाले गरी जम्मा आठ टीमको सहभागिता रहने भएको छ । उद्घाटन खेल आयोजक धनकुटा र राउत कन्ट्रक्सन मोरङ विच हुनेछ ।
२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित सञ्चालन हुँदै आएको छ । यो गोल्डकप विजेताले २ लाख र उपविजेता टिमलाई १ लाख रुपैया पाउने छन् । यो अघिल्लो संस्करणको तुलनामा क्रमश ४५ हजार र २५ हजार रुपैया वढी रहेको छ । त्यसैगरी सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट समाचार रिपोर्टिङ गर्ने पत्रकारलाई पनि पुरस्कृत गर्ने आयोजक समितिका सहसंयोजक शम्भु प्रधानले बताउनुभयो ।
प्रतियोगिताको लागि २३ लाख २५ हजार रुपैयाँ अनुमानित बजेट रहेको छ । प्रतियोगिता सञ्चालनको लागि जिल्ला विकास समितिले ५ लाख र धनकुटा नगरपालिकाले एक लाख ५० हजार सहयोग गरेको छ ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.