जीप दुर्घटनामा, पाँच जनाको मृत्यु

ग १ ज ५१०६ नम्बरको बोलेरो जीप पश्चिम दरवाङ्गबाट निस्कोट तर्फ गइरहेको  सोमबार दिउँसो दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ ।

अपरान्ह ४ बजे जीप निस्कोट गाविस-४ भलाविसौनास्थित सडकबाट करीब 100 सय मिटर तल मिटर खसेको हो । प्रहरी प्रमुख डिएसपी विश्वराज खड्काले जीपमा सवार १० जना मध्ये पाँच जनाको निधन भएको बताए । घाइते 5 जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पुर्‍याइएको उनले जनाए ।

मृत्युहुनेमा निस्कोट, ६ की सुनमायाँ विक, ४ की भोमती विक, सोही गाविस,  दिलसरी विक र ताकम गाविस, ८ घर भएका चालक मनबहादुर छन्त्याल रहेका छन । मृतक मध्य एक महिलाको सनाखत भएको छैन ।

घाइते हुनेमा निस्कोट-८ कि सविना विक, निस्कोट-८ का सविन गोतामे, निस्कोट-२ का तुलमान पुन, उनकी श्रीमती भुमिका पुन र ६ महिनाकी छोरी रहेका छन ।

Share on Google Plus

About Annapurna Times

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.