
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले नेपालका 7 प्रदेश उद्योग विस्तारका लागि करिब 30 लाख युवालाई रोजगारी दिइने तयारी गरेको जानकारी दिए।
सरकारले देशको 7 प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उनको जिकिर थियो।
मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिए।