
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज बिहान आफ्नै निवासमा बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको छ । शीतल निवासमा भएका छुट्टाछुट्टै भेटमा कंग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले विवादमा पर्ने खालका कुनैपनि कदम नचाल्न आग्रह गर्नुभएको थियो । पछिल्लो पटक आफुलाई समेत मुछेर भइरहेका बहसपछि असन्तुष्ट बन्नुभएकी राष्ट्रपति भण्डारीले आज दुई नेतालाई बोलाएर त्यसबारे चासो राख्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले आफु संबिधान अनुसार नै अघि बढ्ने भन्दै विवादित कुनै कदम नचाल्ने बताउनुभएको कंग्रेस सभापती देउवाका स्वकिय सचिव भानु देउवाले बताउनुभयो । सो अबसरमा दुबै नेताले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको थियो । सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने आबश्यकता औल्याउदै राष्ट्रपति भण्डारीले राष्ट्रको हित हुने गरी अघि बढ्न सुझाव समेत दिनुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालले संसदमा पेश भएको अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका लागि भइरहेका प्रयासबारे राष्ट्रपतीलाई जानकारी गराउनुभएको थियो
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.