प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली
चैत्र ३०, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट आज साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

ओली प्रधानमन्त्री बनेको चैत २५ गते ६ महिना पूरा भएको छ । संविधान जारी भएलगत्तै आन्दोलित मधेसी मोर्चा र भारतीय नाकाबन्दीबीच प्रधानमन्त्री भएका ओलीले यो बीचमा दुई छिमेकी भारत र चीनको भ्रमण गरिसकेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनमा सरकारको ६ महिनाको उपलब्धी, दुई देशको भ्रमणको बिषय र सरकारको आगामी दिनको कामकारबाहीको बारेमा विषय उठाइने बताइएको छ ।
Share on Google Plus

About Annapurna Times

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.