
उक्त एपमार्फत प्रयोगकर्ताले विभिन्न नेपाली, हिन्दी तथा अंग्रेजी भाषाका मनोरञ्जन तथा खेलकुदका च्यानल नि:शुल्क हेर्न सक्छन् । एनआईटिभीले नेपालका प्रमुख इन्टरनेट सेवाप्रदायक संस्थासँग मिलेर सेटअप बक्समार्फत छिट्टै आइपी टेलिभिजन सेवासमेत ल्याउने योजना बनाएको छ । त्यसैको एउटा उत्पादनका रूपमा नेट टिभी नेपाल भएको यसका सञ्चालक कृष्ण अधिकारी बताउँछन् ।
नेपाली प्रयोगकर्तामाझ लोकप्रिय यो एप आइफोन र एन्ड्रोइडमा करिब १ लाख भन्दा बढी पटक डाउनलोड भैसकेको छ । नेट टिभी नेपाल डाउनलोड गरी फेसबुक आइडी र पासवर्ड प्रयोग गरी सजिलै हेर्न सकिन्छ । नेपाली प्रबिधिको क्षेत्रमा यो टिभी प्लेटफर्मले नयाँ आयाम थप्ने कम्पनीले दाबी गरेको छ । नेट टिभी नेपाल अहिलेको पछिल्लो उच्च प्रबिधि गुगल क्रोमकास्ट समेत सपोर्ट गर्ने गरी तयार पारिएको छ ।