रोजिता बुद्धाचार्य, २३ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित युवा साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमा आधारित चलचित्र जीवन काँडा कि फूलकी कलाकार । काठमाडौँ, नघलकी रोजिता यो चलचित्रमा ठूली झमकको भूमिकामा देखिने छिन् । सिनेमाको अहिले सुटिङ भइरहेको छ । उनीसँगको कुराकानी :
झमकसँगको पहिलो भेट कस्तो रह्यो ?
उहाँका बारेमा धेरै सुनेको थिएँ, धेरैले उहाँ यस् तो मान्छे, उस् तो मान्छे भन्थे । सोचेर मात्रै बोल्नु पर्छ भनेकाले म निकै नर्भस थिएँ ।
आफूलाई झमकको भूमिकामा पाउँदाको प्रतिक्रिया ?
चारुमती नाटकमा दासीको भूमिकामा देखिएकी थिएँ । यसपछि के गर्ने भनेर अवसर खोजी रहेकै बेला झमकको भूमिकामा काम गर्ने अवसर मिल्यो । साँच्चै नै त्यो मेरा लागि पत्याइनसक्नुको क्षण थियो ।
वास्तविकतालाई अभिनयमा ढाल्न कत्तिको सहज भइरहेको छ ?
यो पक्कै पनि सहज काम होइन । यो कु
नै काल्पनिक कथामा आधारित चलचित्र होइन ।
यो अभिनय त स्वयं झमक दिदीले कोण, कोणबाट हेरिरहनु भएको छ ।
तयारी कत्तिको गर्नु पर्यो ?
तयारी त ओहो ! जीवन काँडा कि फूल पुस् तक नै कैयौँपटक पढेँ । र, त्यो भावमा डुब्न खोजेँ ।
यो भूमिकासम्म कसरी आई पुग्नुभयो ?
निर्देशक विमल सुवेदी र उहाँको टिमसँग दुई वर्षअघि भेट हुँदा यो चरित्रका लागि मलाई प्रस् ताव गर्नुभएको थियो । भेट हुँदा मेरो कपाल लामो थियो । चरित्र गर्दा काट्नु पर्ने भयो । सम्झेँ, कपाल त फेरि पलाउँछ तर झमकको जीवन बाँच्ने अवसर फेरि मेरा लागि आउँदैन भनेर यो प्रस् ताव स् वीकार गरेँ ।
नाटक र चलचित्रको अन्तर कस्तो पाउनु भयो ?
फिल्ममा यो नै मेरो पहिलो अनुभव हो । तर, मैले नेपाल भाषाको व:मिसामा छोटो भूमिका गरेकी थिएँ । त्यतिबेला खुबै अप्ठ्यारो लाग्यो । झमकको भूमिका सुरुका दिनमा केही गाह्रो लाग्यो तर टिमको हौसला र सहयोगले यो रमाइलो भएको छ ।